३ आश्विन २०८०, बुधबार

संसद विघटन मुद्दामा रिट निवेदक पक्षका वकिलको बहस सकियो



१८ माघ, काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा संवैधानिक इजलासमा चलिरहेको रिट निवेदक पक्षका वकिलको बहस सकिएको छ ।

पुस २२ देखि संवैधानिक इजलासमा चलिरहेको निरन्तर सुनुवाइमा १३ जना रिट निवेदकसहित अरू वकिलको बहस सकिएको हो ।

रिट निवेदनका पक्षमा बहस गर्ने सबै वकिलहरूले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै अधिकार नभएको दाबि गरेका छन् । उनीहरूले प्रधानमन्त्रीको असंवैधानिक कदम खारेज हुन पर्ने माग गरेका छन् ।

अब भोलिदेखि सरकारी वकिल र प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरूले बहस गर्न थाल्ने छन् । यतिखेर आम जनताको ध्यान सर्वोच्च अदालतमा केन्द्रित भइरहेका बेला अदालतको फैसालालाई उच्च प्राथमिकताका साथ हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको