२० जेष्ठ २०८०, शनिबार

माइतीघरमा धर्ना बसे पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल



१८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरूद्ध नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल माइतीघरमा धर्ना बसेका छन् ।

गत बुधबारदेखि सुरू गरिएको धर्नामा आइतबार प्रचण्ड र नेपाल सहभागी भएका हुन् ।

बुधबारदेखि सुरू भएको यो धर्ना शनिबारबाहेक २१ गतेसम्म प्रत्येक दिन २ घन्टासम्म बस्ने बताइएको छ । प्रचण्ड–नेपाल पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्यहरूले माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् ।

नेकपा प्रचण्ड–नेपाल पक्षकी स्थायी कमिटी सदस्य तथा विघटित प्रतिनिधि सभा सदस्य पम्फा भुसालले संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाको निम्ति धर्ना बसेको बताएन् । उनले भनिन्, ‘असंवैधानिक रूपमा संसद विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउन हामी धर्नामा छौँ ।’

नेकपा प्रचण्ड–नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा देशभर विभिन्न आन्दोलनका कार्यक्रम आयोजना गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको