१३ आश्विन २०८०, शनिबार

बिरामी कुखुरामा रानीखेत रोग पुष्टी



समर हुम्ली

१६ माघ, हुम्ला । खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली गाउँमा एक हप्तादेखि बिरामी कुखुरामा रानीखेत रोग देखिएको छ ।

अज्ञात रोगले दैनिक सयौं कुखुरा मरेपछि पशु सेवा तथा पशु अस्पताल सिमकोटले चेकजाँचका लागि स्वाव पशु रोग अन्वेषण प्रयोगशाला विरेन्द्रनगर सुर्खेत पठाउँदा रानीखेत रोग लागेको पुष्टि भएको हो ।

हालसम्म उक्त गाउँमा सयौंको संख्यामा कुखुरा मर्दा स्थानीयबासी चिन्तित बनेका थिए । आवश्यक सुरक्षा अपनाई गाउँमा मरेका कुखुरालाई खाडल खनेर पुर्न पशु सेवा तथा पशु अस्पताल सिमकोटले अनुरोध गरिसकेको सूचना अधिकारी कृष्ण रोकायाले जानकारी दिए ।

प्रयोगशालाबाट रोग पत्ता लागेलगतै रानीखेत रोग रोकथामका लागि पाँच हजार डोज भ्याक्सिन सिमकोटमा पुगेको छ । खोप दिनका लागि जिल्लाबाट प्राविधिक टोली छिट्टै थाली गाउँतिर जाने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको