१७ आश्विन २०८०, बुधबार

हिन्दु राज्य र राजा ल्याउने सन्देश दिन ओलीको पशुपतिनाथ दर्शनः चित्रबहादुर के.सी.



१६ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा गरेको विशेष पुजा र दिप प्रज्वलन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हिन्दु राज्य बनाई राजा ल्याउन तयार छु भनी साङ्केतिक सन्देश दिनका लागि गरिएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उप–प्रधानमन्त्री चित्रबहादुर के.सी.ले बताएका छन् । यहि माघ १५ गते साँझ प्राइम टाइम्स टेलिभिजनबाट प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा प्रस्तोता ऋषी धमालासँगको अन्तरवार्तामा के.सी.ले उक्त टिप्पणी गरेका हुन् ।

कार्यक्रममा नेता के.सी.ले पूर्व राजा ज्ञानेन्द्र शाह शासनमा आउने कोसिस हुन्छ किनकी छिमेकी देश भारतले पनि नेपाललाई हिन्दु राष्ट्र बनाउन हिन्दु सम्राट ल्याउने प्रयास गर्न सक्छ भनिरहँदा प्रस्तोता धमलाले केपी शर्मा ओलीले पनि पशुपतिनाथमा गएर पुजाआजा गर्नु भयो नि ! भनी प्रतिप्रश्न गरेका थिए ।

धमलाको प्रश्नको जवाफमा के.सी ले भने, ‘ओरालो लागेपछि जे गरेपनि भयो नि ! यो पुजामा नेपालमा हिन्दु राज्य बनाउने र हिन्दु सम्राट ल्याउने शुभ समाचार मोदीजीलाई पठाउने राजनीतिक कडी छ । पशुपतिनाथ वा हिन्दु धर्मप्रतिको भक्तिभावले ओलीजीले त्यो गर्नु भएको होइन, अध्यात्मवादी भएर पनि होइन ।’

सोहि प्रश्नको जवाफमा के.सी.ले भने, ‘ओलीको पशुपतिनाथसँग जोडिएको विषय नेपालमा हिन्दु राज्य बनाउनु पर्छ र हिन्दु सम्राट ल्याउनु पर्छ भन्ने छिमेकीलाई राजनीतिक रूपमा शुभ सङ्केत दिनका लागि गरिएको हो । ‘नल्याउ सौता मै छोरो पाइदिउला’ भन्छन् नि त्यस्तै अरुलाई किन ल्याउनु पर्यो हिन्दु राज्य मै बनाई दिन्छु मलाई माने भयो मलाई विश्वास गरे भयो भने सन्देश दिन त्यसो गरिएको हो ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको