१३ आश्विन २०८०, शनिबार

खार्पुनाथ गाउँपालिका हुम्लाको बजेट ३५ करोड ३८ लाख



समर हुम्ली

१५ माघ, काठमाडौं । हुम्लाको सात गाउँपालिकामध्ये खार्पुनाथ गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को ३५ करोड ३८ लाख बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले स्वास्थ्य र पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिँदै आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गरेको हो ।

गाउँपालिकाले दुई वर्षभित्र सबै वडा कार्यालयहरूमा अत्यावश्यक पूर्वाधारको विकासलाई विस्तार गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटले संघीय सरकारवाट प्राप्त हुने २५ करोड ९६ लाखलाई गाउँपालिकाको आम्दानीको मुख्य श्रोतका रुपमा लिएको छ ।

अन्य आम्दानीका श्रोतहरूमा कर्णाली प्रदेश सरकारबाट प्राप्त हुने तीन करोड ६१ लाख बीस हजार, संघ र प्रदेश सरकारवाट प्राप्त हुने राजस्व बाँडफाँडको रकममध्ये पाँच करोड ६७ लाख र आन्तरिक आयमा १४ लाख ३६ हजारलाई पनि मुख्य आधार मानिएको गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिएका छन् ।

गाउँपालिकाले विभिन्न प्रकारका नीति र विधिले तय गरेको सूचकहरूलाई आधार माने पनि भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकता दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको