१० आश्विन २०७८, आईतवार

आफ्नै २ वर्षीया छोरीको डोरीले घाँटी थिचेर हत्या, बुवा आफै पुगे प्रहरी कार्यालय



१४ माघ, काठमाडौं । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका २४ वर्षीय सन्तोष घिमिरेले आफ्नी दुई वर्षीय छोरीको हत्या गरेका छन् । नगरपालिकाको वडा नम्बर–२ सीतापुर झिर्रा निवासी घिमिरेले मंगलबार दिउँसो नावालक छोरी सृष्टिको हत्या गरेका हुन् ।

अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीका अनुसार नाइलनको डोरीले घाँटी कसेर छोरीको हत्यापछि घिमिरे इलाका प्रहरी कार्यालय ठाडामा पुगेका थिए । उनले भने, ‘दिउँसो १ बजेतिरको घटना हो, छोरीको हत्या गरेँ भनी उनी इलाका प्रहरी कार्यालय ठाडामा आइपुगेका थिए ।’

घरमा बुवाआमा कोही नभएको बेला सन्तोषले छोरीको हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमान–श्रीमतीबीच सम्बन्ध बिग्रेकाले बाँकेस्थित माइतीमा बस्दै आएकी थिइन् ।

आमासँगै मावल बसिरहेकी छोरीलाई करिब डेढ महिनाअघि घर ल्याएका सन्तोषले अन्ततः आफ्नै छोरीको ममानवीय तवरले हत्या गरेका छन् । प्रहरी नायव उपरिक्षक बुढाथोकीले भने, ‘श्रीमान–श्रीमतीबीच विवादका कारण छोरीको हत्या गरेको हो कि भन्ने आशंका छ ।’

मृतक नाबालिकाको शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि पठाइएको छ । घिमिरेलाई हिरासतमा राखेर हत्या गर्नुपर्ने कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको बुढाथोकीले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको