१५ फाल्गुन २०७७, शनिबार

दैवसँग गायिका मेचुको प्रश्न, ‘मैले के बिगारेँ ?’ (भिडियोसहित)



१३ माघ, काठमाडौं । रियालीटी गायन प्रतिस्पर्धा ‘द भ्वोइस अफ नेपाल’ बाट लोकप्रियता कमाएकी गायिका मेचु धिमालको र्मर्मस्पर्शी गीत ‘मैले के बिगारेँ’ सार्वजनिक भएको छ । उनको आफ्नै आधिकारीक युट्युब च्यानलबाट सोमबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।

लेखु सहयात्रीले कोरेका ओजस्वी शब्दहरूलाई करणराज कार्कीको संगीतले अर्थपूर्ण बनाएको छ । गीतको संगीत संयोजन र ध्वनी सम्पादन देवेश राइले गरेका हुन् ।

घरको कमजोर आर्थिक अवस्था सुधार्न शहर गएको श्रिमानको कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि बेसहारा एक नारीले दैवसँग प्रश्न गर्दै भारी मनले आफ्ना पिडा पोखेको कथावस्तु गीतमा भेटिन्छ । आफैले तयार पारेको कथाबस्तुमा गीतको भिडियो निर्देशन समेत मेचु आफैले गरेकी हुन् ।

भिडियोमा ज्वाला राई र मेचु धिमालको साथमा सञ्जिव श्रेष्ठको अभिनय हेर्न सकिन्छ । गाउँले परिवेश झल्किने गीतको भिडियोमा पिटर गुरूङको छायाँकन र बिष्णुहरी तिमल्सिनाको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु