१५ फाल्गुन २०७७, शनिबार

निर्वाचन आयोगले पार्टी वैधानिक प्रबन्ध अन्तर्गत चल्छ भन्ने स्पष्ट गरिदिएको छ: विष्णु पौडेल



१३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले निर्वाचन आयोगले पार्टी वैधानिक प्रबन्ध अन्तर्गत चल्छ भन्ने स्पष्ट गरिदिएको बताएका छन् ।

ओली समूहनिकट प्रेस संगठन नेपालले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पौडेलले पार्टी विधान, दलसम्बन्धी कानुन र संविधान अनुसार चल्छ भन्ने स्पष्ट गरिदिएको भन्दै निर्वाचन आयोगको पछिल्लो निर्णयको स्वागत गरेका हुन् ।

नेकपाका दुबै पक्षले गरेका निर्णयहरू पार्टी विधानसम्बत नभएको इङ्गित गर्दै बैठकका नाममा गरिएका कथित निर्णयलाई आयोगले खारेज गरिदिएको पौडेलले बताए । ‘निर्वाचन आयोगको पछिल्लो निर्णयको विषयमा यहाँहरूले रंङ्गीबिरङ्गी प्रतिक्रियाहरू सुन्नु भएको छ’ उनले भने, ‘अनाधिकृत रूपमा बैठकका नाममा गरिएका कथित निर्णयहरूलाई गलत ठहर गरिदिएको छ ।’

ओली समूहले नेकपामा १०५६ केन्द्रीय सदस्य थप्ने, विधान संशोधन गर्ने, नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई प्रवक्ता तोक्ने लगायतका निर्णय गरेको थियो । आयोगले यि सबै निर्णयलाई अवैध घोषणा गरेको छ ।

प्रचण्ड–माधव समूहले पार्टी अध्यक्षबाट ओलीलाई हटाउने र माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो । आयोगले यो निर्णयलाई पपनि प्रक्रिया नपुगेको भन्दै वैधता दिएको छैन ।

आक्रामक रूपमा प्रस्तुत भइरहेका ओली र सडक आन्दोलनमा होमिएको प्रचण्ड–माधव समूहबिचको टकराबलाई अन्तिम रूप दिन निर्वाचन आयोगको भूमिका निर्णायक हुने देखिएको छ । नेकपाका दुबै पक्षले आयोगको निर्णयलाई स्वागत गरिसकेको सन्दर्भमा अब नेकपा के होला ? आम चासोको विषय बनेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु