१९ फाल्गुन २०७७, बुधबार

नागरिक आन्दोलनमाथि प्रहरी दमन, नारायण वाग्लेले भने: ‘तेस्रो जनआन्दोलन सुरू भयो’



१२ माघ, काठमाडौं । वरिष्ठ पत्रकार तथा लेखक नारायण वाग्लेले भद्र अवज्ञा आन्दोलनमाथि भएको प्रहरी दमनप्रति आपत्ति जनाएका छन् ।

आज बालुवाटारमा नागरिक आन्दोलनमाथि प्रहरीले अन्धाधुन्ध लाठीचार्ज र पानीका फोहरा बर्साएपछि एक दर्जन बढि व्यक्तिहरू घाइते भएका छन् ।

नागरिक आन्दोलनलाई सम्बोधन गर्दै लेखक वाग्लेले शान्तिपूर्ण तवरले धर्ना दिइरहेका बेला, भद्र अवैज्ञा आन्दोलन लिड गरिराखेकय बेला प्रहरीले विना सूचना बर्बर दमन गरेको बताए । उनले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ भनेर पहिल्यै प्रहरीलाई भनेको थिएँ । हाम्रो साथीहरूसँग ढुंगा पनि थिएन ।’

आफूहरूमाथि अक्ष्यम्य दमन भएको भन्दै वाग्लेले थपे, ‘जुन तरिकाले हामीमाथि दमन भयो, अब तेस्रो जनआन्दोलन सुरू भयो ।’

सोमबार कमलपोखरी बचाउ अभियानका अभियन्तासहितको सहभागीले कमलपोखरीको माटोको टीका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास गरेको थियो ।

मार्चपासमा लेखक, पत्रकार, कवि विद्यार्थी प्राध्यापक, राजनीतिज्ञ पनि सहभागि थिए । शान्तिपूर्ण आन्दोलनमाथि भएको प्रहरी दमनले अब हुने आन्दोलन थप आक्रामक हुने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु