१६ श्रावण २०७८, शनिबार

निर्वाचन आयोगको निर्णयले प्रचण्ड-माधव समूह उत्साहित, आफूहरूले आधिकारिकता पाउने दाबी



१२ माघ, काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुबै समूहको दाबीलाई अस्विकार गर्दै पार्टी एकतापछिको विधान र केन्द्रीय कमिटीलाई आधिकारिक मान्ने निर्णय गरेपछि प्रचण्ड–माधव समूह उत्साहित देखिएको छ ।

आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ सदस्यीय केन्द्रीय कमिटी र विधानलाई मान्छौं भनेको भन्दै आफूहरूले आधिकारिकता पाउने प्रचण्ड–माधव समूहनिकट नेताहरूले बताएका छन् ।

नेकपा दुई ध्रुवमा विभाजित भएपछि अध्यक्ष चुनिएका माधवकुमार नेपालले आयोगले स्वीकार गरेको ४४१ सदस्यीय केन्द्रीय कमिटीको ७० प्रतिशत आफूहरूसँग रहेको बताए । सोमबार प्रदेश नम्बर २ का नेता–कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै उनले निर्वाचन आयोगले आफूलाई अध्यक्ष नमाने पनि केही फरक नपर्ने बताए ।

‘आयोगले ४४१ सदस्यीय केन्द्रीय कमिटी र अनुशासनको कारबाही गर्ने पुरानो विधान लागू हुन्छ भनेको छ ।’ अध्यक्ष नेपालले भने, ‘दुई अध्यक्ष हुनेछ भनेर लेखेको हुनाले घुमिफिरी म आउने नै भएँ ।’

निर्वाचन आयोगको धारणालाई अथ्र्याउने गरी बहुमत केन्द्रीय सदस्यले ओलीलाई पार्टी अध्यक्षबाट हटाइसकेकाले अब ओलीको कुनै चान्स नभएको नेपालले जिकिर गरे । उनले ओलीलाई खुरुक्क बालुवाटार छाडेर आराम गरेर बस्न समेत आग्रह गरेकय छन् ।

नेकपाको बढ्दो विवाद र नेतृत्वबिचको कटाक्षलाई वारपार गर्ने सन्दर्भमा निर्वाचन अयोगको भूमिका निर्णायक हुने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु