प्रधानमन्त्री ओलीलाई नेकपाको साधारण सदस्यबाट निष्कासन
११ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहेन गरी निष्कासन गरेको छ।
यसअघि बालुवाटारको गेटमा पत्र छाडेर स्पष्टिकरण मागेको प्रचण्ड-नेपाल समूहले अन्तत प्रधानमन्त्री ओलीलाई पार्टीको साधरण सदस्यबाट समेत निष्कासन गरेको हो ।
त्यस्तै आज पार्टी कार्यालय पेरिडाँडामा बसेको स्थायी समितिको बैठकले गंगालाल तुलाधरलाई कार्यालय सचिव बनाएको छ। यसअघि नै पूर्व माओवादीका तर्फबाट श्रीराम ढकाल सचिव रहेका थिए। त्यस्तै कार्यालयको उपसचिवमा मोहन गौतम नियुक्त भएका छन्।
यसअघि पुस ७ गते बसेको प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको थियो ।
वरिष्ठ नेता नेपाललाई पार्टी अध्यक्ष चयन गर्दा बसेको केन्द्रीय कमिटी बैठकमा जम्मा ४ सय ४१ सदस्यमध्ये २ सय ९७ जना उपस्थित थिए ।