४ आश्विन २०८०, बिहीबार

२७० मा कोरोना सङ्क्रमण पुष्टि, थप सातको मृत्यु



११ माघ, काठमाडौं । गएको २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज थपिएका २७० सहित हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ६९ हजार ४५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप सात जनाको कोरोनाबाट मृत्यु भएको छ । यो संख्यासहित हालसम्म कोरोना कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार एक पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४०३ जना कोरोना निको भएर फर्किएका छन् । कोरोनाबाट निको हुनेको कूल सङ्ख्या दुई लाख ६४ हजार १३७ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको