विश्व रेकर्डको तयारीमा रहेको ५ सय ३७ मीटर लामो झोलुङ्गे पुल
११ माघ, काठमाडौं । विश्वकै लामो भनेर दावी गरिँदै आएको बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालिगण्डकी नदीमा निर्माणाधिन झोलुङ्गे पुलको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको छ ।
खुला प्रकृतिको यो झुलुङ्गे पुल ५६७ मिटर लामो र १३८ मिटर उचाइको रहेको छ ।
यो पुललाई ‘विश्वकै सबैभन्दा लामो पुल’ को रेकर्ड गिनिज बुकमा दर्ता गराउन बागलुङ नगरपालिकाले निवेदन दिइसकेको छ । धेरै अध्ययन, सोच–बिचार गरेर निवदेन दिइएकाले उक्त पुल विश्वकै लामो पुलमा दर्ता हुनसक्नेमा नगरपालिका विश्वस्त छ ।
यो पुलले गाउँ होइन जिल्ला जोडेको छ । एक जिल्लाबाट झोलुङ्गे पुलमा मच्चिदै, कालिगण्डकी सँगैको प्रकृति नियाल्दै हिँडेको मान्छे केहिबेरमै अर्को जिल्लामा पुग्छ । घण्टौँ हिड्नुपर्ने बाटोको दुरीलाई यो पुलले मीनेटमा रूपान्तरण गरिदिएको छ । यस हिसाबले पनि यो पुलको विशिष्ट खालको महत्व छ ।