७ आश्विन २०८०, आईतवार

आफ्नै साथिको ११ वर्षीया छोरी बलात्कार गर्ने मियाँ पक्राउ



११ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा ११ वर्षीया बालिका बलात्कृत भएकी छन ।

वीरगञ्ज–१ छपकैयामा आफ्नै साथिकी ११ वर्षीया छोरीलाई बलात्कार गर्ने भारतीय नागरिक नेहाल मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको छ । बालिका चिच्याएपछि उनका बुवाले थाहा पाएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजीत कुँवरले घटनापछि फरार मियाँलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको बताएका छन् ।

बालिकाका बुवा र नेहाल साथी हुन् । कोठा खोज्न आएका उनी साथीको घरमा पाहुना भएर बसेका थिए । सोही क्रममा शनिबार बिहान बालिकालाई जर्बजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

सुरुमा जर्बजस्ती करणी प्रयास भएको भन्ने खबर प्रहरीलाई आएको भए पनि पछि बालिकाको स्वास्थ्य जाँच गराउँदा चिकित्सकले करणी नै भएको प्रारम्भिक जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको