बारबार असफल ज्याकमा कसरी एसियाका सबैभन्दा धनी मानिस बने ?
रारापाटी डेस्क
के तपाइँहरू एसियाका सबैभन्दा धनी मानिस ज्याकमा को नाम सुन्नु भएको छ ? उनी विश्व विख्यात ‘अलिवावा ग्रूप’का संस्थापक तथा मालिक हुन् ।
अहिले अलिबाबाको विजनेस साइटमा दैनिक १० करोड मानिस भिजिट गर्दछन् । अलिवावाले करिव ४ करोड मानिसहरुलाई चीनमा रोजगारी सिर्जना गरेको छ । सुरुमा १८ जना मिलेर बनाएको कम्पनी कसरी हाल ३० हजार मानिसहरु उनको स्टोरमा मात्र काम गर्दछन् । अलिवावा विश्वकै टप १० कम्पनीमा पर्दछ ।
कसरी सम्भव भयो त उनको जादुगरी सफलता ? ज्याकमा सफलता प्राप्त गर्न नसकेका युवालाई विशष सल्लाह दिन्छन् । ज्याकमाको अनौठो कथा छ ।
उनी चीनमा सांस्कृतिक क्रान्तिको उतारचढावपूर्ण दशकमा जन्मिएका थिए । ११–१२ वर्षको उमेरमा उनलाई अंग्रेजी सिक्ने मन लाग्यो । तर त्यो बेला चीनमा अंग्रेजी सिक्ने स्थानहरु पनि थिएनन् । उनी आफ्ना असफलताको कथा सुनाउदै भन्छन् : उनी २ पटक प्राथमिक स्कूलमा र ३ पटक निम्न माध्यामिक विद्यालयमा फेल भएका थिए । अंग्रेजी सिक्ने चाहनासँगै उनी केही समय गाइड पनि बन्न पुगेका थिए । तीन वर्षसम्म विश्व विद्यालय भर्नाका लागि प्रयास गरे तर असफल रहे । उनी भन्छन्, कि उनले ३० पटक जागिरका लागि आवेदन दिए र कुनैमा पनि सफलता पाउन सकेनन् । उनले पुलिस कहाँ जागिरका लागि आवेदन दिँदा यो जागिरका लागि तिमी उपयुक्त छैनौ भन्ने जवाफ पाए । पाँचवटा निवेदन दिएको मध्य अरू सबैले जागिर पाए तर उनी मात्रै अस्वीकृत भए । त्यस्तै विश्व चर्चित केएफसि भर्खरै चीनमा आएको थियो । २४ वटा निवेदन जागिरका लागि परेकोमा उनको पनि थियो । तर २३ वटाले जागिर पाए उनीमात्र अस्वीकृत भए । कल्पना गरौं त त्यो बेला उनलाई कति पिंडा भयो होला । सायद उनी अग्लो जिउडालको खाइलाग्दो नभएकाले पनि धेरै स्थानमा तिरस्कृत हुन पुगेका थिए । तर उनी कहिल्यै हिक्मत हार्दैनथे । विश्वविद्यालयमा छिर्न १० पटक उनले हावार्डमा निवेदन दिएका रहेछन् । तर दशै पटक उनी अस्वीकृत भए ।
उनी भन्छन्,उनी २ पटक प्राथमिक स्कूलमा र ३ पटक निम्न माध्यामिक विद्यालयमा फेल भएका थिए । उनले ३० पटक जागिरका लागि आवेदन दिए र कुनैमा पनि सफलता पाउन सकेनन् । त्यस्तै विश्व चर्चित केएफसि भर्खरै चीनमा आएको थियो । २४ वटा निवेदन जागिरका लागि परेकोमा २३ वटाले जागिर पाए उनीमात्र अस्वीकृत भए । कल्पना गरौं त त्यो बेला उनलाई कति पिंडा भयो होला ।
यस्तै असफलताका बीचमा ज्याकमालाई कसैले भन्यो कि तिमी उनीहरुका केटाकेटी पढाइदेउ । उनले केही समय स्कूलमा पढाए । त्यो समयमा भर्खरै इन्टरनेट सुरुवात हुँदै थियो । ज्याकमालाई एक जनाले सोध्यो तिमीलाई इन्टनेट थाहा छ ? उनले भनेः इन्टरनेट ? थाहा छैन । त्यो बेला मोज्याक सर्च इन्जिन निकै ढिलो थियो । ज्याकमाले कम्युटर छुन र त्यसलाई चलाउन मानेनन् । त्यो बेला चीनमा कम्युटर निकै महंगो थियो । केही भएर बिग्रियो भने के गर्ने भन्ने डर थियो उनमा । तर ती मानिसले ज्याकमालाई केही शब्द सर्च गर्न भने । उनले वियर शब्द सर्च गरे । त्यो बेला उनले चीनमा बनेको कुनै पनि वियर भेट्टाएनन् । अरु सबै देशका वियरहरूका ब्राण्ड भने छ्यापछ्याप्ती थिए । सर्च इन्जिनमा उनले अर्काे शब्द हाले । चीन । तर चीनको बारेमा एउटा कुनै पनि डाटा त्यो बेला थिएन । यो १९९५ तिरको कुरा थियो । त्यसपछि ज्याकमाले उनको साथिलाई भने चीनका बारेमा किन केही नबनाउने ? चीनको पनि केही कुरा कम्युटरमा बनाउनु पर्यो नि । उनले भने । उनले चीनका बारेमा एउटा काम चलाउ बेढङ्गको पेज बनाए । विषयबस्तुको अनुबाद पनि त्यस्तै नमिलेको थियो । त्यो उनीहरु ९ः४० बजे विहान प्रकाशन गरे । दिउँसो १ः३० तिर एउटा फोन कल आयो । उनको एक साथिले भन्योः ज्याकमा हाम्रो इमेल खातामा पाँचवटा इमेल आएको छ । तर ज्याक ले भने के हो इमेल ? उनलाइ इमेल के भन्ने पनि थाहा थिएन । यो उनको जीवनको एक चाखलाग्दो घटना थियो । यसले उनलाई मिलेर केही गर्न सकिन्छ भन्ने ठाउँमा पुर्याइदियो ।
ज्याकमा भन्दछन् केही वर्ष अगाडि मानिसहरुले अलिवावा मोडल खतम छ । खासै प्रगति गर्न सकेन । मानिसहरु अम्याजोन राम्रो, इ बे राम्रो, गुगल राम्रो भनेर भन्थे । सुरू सुरूमा त अलिवावा नाम सुनेपछि नाक खुम्च्याउथे । भन्थेः अलिबाबा । के हो अलिबाबा ? पहिलो ४ बर्षसम्म त उनीहरूको काम फ्रि मार्केटिङ गर्ने जस्तो भयो । आफुसँग के छ, उ सँग के छ त्यो सूचना वेभसाइटमा राख्ने जस्तो काम मात्र भयो । उनीहरु धेरै समय लगाएर कुरा गर्दथे तर कसैले चासो राख्दैनथ्यो । यसरी हुँदैन, यसको काम छैन भन्थे मानिसहरु । त्यो बेला बैंकिङ सिस्टम पनि थिएन । ज्याकमाको टिमले बैंकसँग कुरा गर्दा उनीहरुले कसैबाट सकारात्मक उत्तर पाएनन् । ज्याकमाले अलि पे को कुरा गरे । मानिसले यसलाई एउटा मुर्ख विचार भने । तर अहिले चीनमा करिव एक करोड मानिसहरु अलि पे प्रयोग गर्दछन् । सन् ११९८ तिर ज्याक क्रेजी छ भन्थे । त्यो बेला याहुको बेला थियो । विभिन्न लगानीकर्ताहरु अमेरिकन मोडलका विभिन्न ई कार्यक्रमलाई पैसा खन्याइरहेका थिए । तर अलिबाबा मोडेल भनेपछि खिसि गर्ने चलन थियो चीनमा । यस्तो पनि कहीं सम्भब छ र ? टाइम म्यागाजिनले पनि उनलाई क्रेजी ज्याक भनेर लेखेको उनी सम्झिन्छन् ।
सन् ११९८ तिर ज्याक क्रेजी छ भन्थे । त्यो बेला याहुको बेला थियो । विभिन्न लगानीकर्ताहरु अमेरिकन मोडलका विभिन्न ई कार्यक्रमलाई पैसा खन्याइरहेका थिए । तर अलिबाबा मोडेल भनेपछि खिसि गर्ने चलन थियो चीनमा । यस्तो पनि कहीं सम्भब छ र ? टाइम म्यागाजिनले पनि उनलाई क्रेजी ज्याक भनेर लेखेको उनी सम्झिन्छन् ।
ज्याकका अनुसार इ—बिजिनेस भनेको विश्वास पद्दतिमा आधारित हुन्छ । क्रेडिट सिस्टम नहुँदा इ—विजिनेस सम्भब छैन । एक पटक ज्याकमा कम्पनीका लागि भेन्चर क्यापिटल जम्मा गर्न अमेरिका पुगेका थिए । तर कसैले पनि चीनमा यस्तो हुन सक्छ भनेर उनलाई पत्याएनन् । उनी भन्दछन् : म तपाइँलाई चिन्दिन तपाइ मलाई चिन्नु हुन्न तर विश्वास पद्दति बनायो भने यसले काम गर्दछ । अहिले दैनिक १ करोड ६० लाख इ—कारोबार अलिबाबाले गर्दछ । यसको आधार विश्वास हो । अमेरिका हुँदा नै उनले साथिलाई फोन गरे । विश्वासिलो पद्दतिको लागि आजै काम गर । उनले भनेः यो मेरो निर्देशन हो यदि सरकारले केही गर्यो भने म जेल जान्छु । तर कोही कसैका कारण सामान र पैसामा ठगियो भने जिम्मेवारी लिएको मानिस जेल जानु पर्छ । सेवा पुर्याउने कुरालाई उनले महत्व दिए । उनी भन्दछन् त्यो बेला लाखौं गाउँलेहरुलाई सहर आउन टिकट किन्न समस्या हुन्थ्यो । एक पटक त बढी लोड भएर कम्युटर सिस्टम नै क्र्यास भयो । ज्याकमाले साथिहरुलाई गाउँलेलाई टिकटका लागि सहयोग गर्न भने । यस्ता विषयले दुःख पाएका जनता बीच अलिवावाले ठूलो विश्वास आर्जन गर्यो ।
यदि मानिसमा इच्छाशक्ति छ भने जीवनमा असम्भव कुरा केही छैन भनिन्छ । के यो कुरा ज्याकको जीवनबाट प्रमाणित हुन्छ भन्ने प्रश्नमा उनी भन्छन् : यसका लागि धेरै मेहेनत आवश्यक छ । पहिलो पाँच वर्ष त उनी केवल टिक्न पनि गाह्रो भयो । पहिलो वर्षको आम्दानी त जिरो थियो । उनी कहिले कँही डिनरका लागि रेस्टुरेन्ट जान्थे । एक पटक उनी विल तिर्न जाँदै थिए उनको विल कुनै अर्काे मानिसले तिरिसकेको रहेछ । एउटा सानो नोटमा लेखिएको थियो : ज्याक म अलिबाबाको कस्टोमर प्लटफर्ममा छु । तिमीहरूले खासै पैसा कमाउन सकेका छैनौ । त्यसैले मैले तिम्रो विल तिरिदिएको छु । अर्काे एक पटक उनी कफि पिउदै थिए । एक जनाले ज्याकमालाई सिगार दिए । उनी सिगार पिउथेनन् । त्यसमा लेखिएको थियोः ज्याक धन्यवात म तिम्रो अनलाईन कस्टोमर हुँ । सफल हुनका लागि आशावादीता र इच्छाशक्ति हुनै पर्छ । एक पटक बेइजिङको साङ्ग्रिला होटलमा उनी निस्किदै थिए । गेट खोल्ने एक जना युवाले उनलाई भन्यो ज्याक म भन्दा मेरो श्रीमतिले धेरै पैसा कमाउछिन् । तर मैले होप गुमाएको छैन । स–साना यस्तै घटनाबाट उनी विश्वास आर्जन गर्दै अघि बढ्न उत्प्रेरणा लिएको बताउछन् । उनी ८ वर्ष अघि विश्वविख्यात कम्पनी बालमार्टको एउटा म्यानेजरसँग बइजिङको साङ्ग्रिला होटलमा बैठकमा थिए । वालमार्टका कर्मचारीले ज्याक तिमीले धेरै राम्रो गरेका छौ, राम्रो गर भन्नेजस्ता कुरा गरे । ज्याकमाले भनेः सायद १० वर्षमा हामी वालमार्ट भन्दा ठूलो बन्नेछौं । ति कर्मचारीले उनलाई भनेः हे युवा तिमीमा ठूलो होप छ । ज्याकमासँग वास्तवमा ठूलो इच्छाशक्ति थियो ।
आज ज्याक संसारकै फोर्ब सूचीको २१ औ धनी मानिस बनिसकेका छन् । उनले अलिवावाको सिइयोबाट स्वच्छाले विदा लिएका छन् । उनी च्यारिटीमार्फत् जनताको पक्षमा काम गर्न थालेका छन् । २०१९ का लागि उनी एसियाकै दानी ब्यक्ति भनेर फोर्बले घोषित गरेको छ । उनी यी दिनहरूमा चिनियाँ तथा संसारका युवाहरुलाई भन्छन् : सबै भन्दा फेल हुने, स्कुल छाडेको , अस्वीकृतले पनि आशा मारेन भने केही गर्न सक्छ । मबाट सिक्ने यही हो । ज्याकमा नेपाली युवाका लागि एक अनुकरणीय उद्यमी मात्र होइनन् दानवीर पनि हुन् ।