१३ फाल्गुन २०७७, बिहीबार

सक्सेस स्लो बाईक प्रतियोगिताको उपाधी आशिष श्रेष्ठलाई



९ माघ, नेपालगञ्ज । स्लो बाईक प्रतियोगिताको प्रथम उपाधी आशिष श्रेष्ठले हात पारेका छन् । तिब्र गतिमा मोटरसाइकल चलाउने कार्यलाई निरूत्साहित गरी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले नेपालगञ्जमा शुक्रबार आयोजित प्रतियोगितामा श्रेष्ठले उपाधि हात पारेका हुन् ।

सक्सेस फोरम, नेपालगञ्जको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा गरिएको प्रतियोगितामा रितेस मल्ल द्वितिय, सन्दीप यादव तृतिय र राजु नागले सान्त्वना पुरस्कार हात पारेका छन् । प्रतियोगिताकै उत्कृष्ट महिला चालक भने अम्बिका काफ्लेलाई घोषित गरिएको छ ।

ट्राफिक नियममा रहेर सावधानिपूर्वक मध्यम गतिमा सवारी साधन चलाउने सन्देश प्रवाह गर्न आयोजित स्लो बाईक प्रतियोगिताको उद्घाटन पूर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले गरेका थिए ।

उनले पछिल्लो समय तिव्र गतिका कारण सवारी दुर्घटनाहरू अत्याधिक बढेको हुँदा यस्ता प्रतियोगिताले ट्राफिक नियमको पालना र धेरै तिव्र गतिमा बाईक चलाउन नहुने सन्देश दिने बताए । यस प्रकारका जनचेतनामूलक कार्यक्रमहरु निरन्तर रुपमा भइरहनु पर्ने कुरामा जोड दिदै पूर्वमन्त्री राईले भने, ‘मोटरसाइकल चालकहरूले ट्राफिक नियम र गतिमा ध्यान दिए मात्रै आधा भन्दा बढि दुर्घटना रोकिने बताए ।

प्रतियोगिता आयोजक सक्सेस फोरमका संस्थापक अध्यक्ष सीता बोहराले दूर्घटना न्यूूनिकरणमा सहयोग पुर्याउने उदेश्यले आफुहरूले विगत ६ वर्षदेखि यो प्रतियोगिता हरेक वर्ष आयोजना गरिरहेको जानकारी दिइन् ।
प्रतियोगितामा १०५ जना युवाहरू सहभागीता जनाएका छन् ।

प्रतियोगितामा प्रधथम उपाधि विजेतालाई १० हजार १००, द्वितिय हुनेलाई ५ हजार १०० तृतिय हुनेलाई ३ हजार १०० र सान्त्वना हुनेलाई २ हजार १०० नगद पुरस्कार प्रदान गरिएको थियो । बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले पुरस्कार वितरण गरेका थिए ।

२०६८ सालबाट शुरुवात गरेर हालसम्म हरेक वर्ष स्लो बाइक प्रतियोगिता आयोजना गरिरहेको सक्सेस फोरमका अध्यक्ष सुर्यमणि पौडेलले जानकारी दिए । प्रकाश संस्थाकी सह सचिव तुलसा पन्थीले कार्यक्रममा स्वागत तथा कार्यक्रमको उदेश्यमाथि पारेकि थिईन भने सञ्चालन महासचिव बामदेव पोख्रेलले गरेका थिए ।




प्रतिक्रिया दिनुहोस !

थप खबरहरु