२१ फाल्गुन २०७७, शुक्रबार

ओलीसँग एउटा सेटिङ्ग र अर्को साइबर स्याल भन्ने शक्ति मात्रै बाँकी छ : घनश्याम भुसाल



९ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाएर मात्रै आन्दोलनले विश्राम लिने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता भुसालले ओलीले संविधानलाई च्यातच्युत पारेर ताण्डव नृत्य देखाइरहेका ओलीको हार निश्चित भएको बताएका हुन् ।

कसैलाई ओलीले चुनाव गराउँछन् भन्ने लागेको भए त्यो भ्रम मात्र हुने बताउदै उनले भने, ‘आफूले दुई तिहाइ ल्याउने सुनिश्चित नहुँदासम्म केपी ओलीले चुनाव गराउँदैनन् ।’

ओलीसँग अब दुई वटा शक्तिहरू एउटा साइबर सेना भनिने साइबर स्याल र अर्को उनका नेताहरुले भन्ने गरेको सेटिङ मात्रै भएको नेता भुसालको दाबी थियो । जासुसी उपान्यासमा मात्र काम लाग्ने यस्ता शक्तिको आडमा ओलीले चुनाब जित्ने सम्भावना पनि नरहेको भुसाले बताए ।

प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै उनले भने, ‘यो अदालत तपाईंको सेटिङ्गका कारण डराएर तपाईंको पक्षमा फैसला गर्छ भन्ने लागेको छ भने तपाई गलत हुनुहुन्छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु