१३ आश्विन २०८०, शनिबार

बागमती प्रदेशसभा बैठक बस्दै, अविश्वासको प्रस्तावमाथि छलफल हुने



९ माघ, काठमाडौं । बागमती प्रदेशसभाका सभामुख सानु कुमार श्रेष्ठले आज दिउँसो एक बजे प्रदेशसभा बैठक बोलाएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको हो ।

प्रचण्ड–माधव समूहका नेता शालिकराम जम्मकट्टेलले अविश्वासको प्रस्तावमाथि छलफल हुने जानकारी दिए । बागमती प्रदेशसभाका कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले पनि आजको बैठकमा अविश्वास प्रस्तावमाथि छलफल हुने बताए ।

आजको बैठकको कार्यसूचीबारे कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउने भएकाले अन्य कुन–कुन विषयमा छलफल हुँदैछ भन्ने सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध प्रचण्ड–माधव समूहका ४५ जना प्रदेशसभा सदस्यहरुले गत पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

मुख्यमन्त्री पौडेलले अविश्वास प्रस्तावको सामना गर्न तयार रहेको भनेपछि र अन्य राजनीतिक दलका नेताहरुले अर्को बैठक राख्न दबाव दिएपछि सभामुख श्रेष्ठले आजका लागि बैठक बोलाएका हुन् ।

अविश्वासको प्रस्तावको पक्ष या विपक्ष भन्नेबारे प्रतिपक्षि दल नेपाली कांग्रेसको स्पष्ट धारणा नआएकाले अविश्वास प्रस्ताव पास हुने/नहुने टुंगो छैन । संविधानत अविश्वास प्रस्ताव फेल भए एक वर्षसम्म अविश्वास प्रस्ताव पेश गर्न पाइँदैन ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको