१५ मंसिर २०७८, बुधबार

‘लभ डायरीज’का नायक विश्वजितको ३ करोडको च्याउ फर्म



८ माघ, काठमाडौं । करिब १ बर्ष अघि प्रदर्शन भएको सफल चलचित्र ‘लभ डायरीज’का नायक विश्वजित रिमाल यतिबेला कृषि कर्ममा तल्लिन छन् ।

कोरोनाको कारण भएको लामो लकडाउन र त्यसले चलचित्र छेत्रमा पारेको असरका कारण पनि नायक रिमालले च्याउ फर्म खुलेर व्यवसायिक उत्पादन सुरु गरेका हुन् । नुवाकोटको देवीघाट खड्गभज्याङ स्थायी घर भएका विश्वजितले आफ्ना दाइ विकाश रिमालसँग मिलेर करिब ३ करोडको लगानीमा ललितपुरको गोदावरीमा ‘मा दुर्गा मशरुम इण्डस्ट्रीज्’ सञ्चालन गरिरहेका छन् ।

उनको फर्म अत्याधुनिक हाइटेक प्रविधिबाट च्याउ उत्पादन हुने नेपालकै दोस्रो ठुलो च्याउ फर्म हो । १२ रोपनी जग्गा भाडामा लिएर सुरु गरिएको उनको ‘मा दुर्गा मशरुम इण्डस्ट्रीज्’मा अहिले हरेक महिना करिब १० टन च्याउ उत्पादन हुने गरेको छ ।

च्याउ फर्मको अनुभवको बारेमा बताउदै उनले कृषि पेशालाई हेयको दृष्टिले हेर्ने सोचबाट मुक्त हुनु जरूरी रहेको बताए । ‘कृषि कर्ममा लागेकाहरूले पनि कृषिलाइ नै मुख्य आम्दानीको स्रोत मान्ने गरेको पाइँदैन ।’ उनले भने, ‘बरू जग्गा बाँझो राखेर जागिर गर्न स्वदेश र विदेशका विभिन्न ठाउँमा जाने तर कृषिलाई मुख्य पेशा नमान्नेहरूको संख्या ठूलो छ ।’

यसकारण ठूलो जनसंख्या कृषिमा आश्रित भए पनि अहिले कृषिजन्य उत्पादन अन्य मुलुकबाट आयात गर्नुपर्ने अवस्था आएको उनको बुझाई छ । कर्मलाई श्रम संस्कृतिको रूपमा बुझ्नुपर्ने भन्दै उनले सरकारले कृषि पेशालाई आधुनिक, उत्पादनमूलक बनाउन यो पेशालाई अर्थतन्त्रको मेरूदण्डको रूपमा ग्रहण गर्नु आवश्यक रहेको बताए ।

कृषिलाई हर तरहले नयाँ प्रक्रियाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा मजबुत बनाएर यसैबाट नेपाल र नेपालीको भलो हुने गरी बजेट छुट्याउने, योजना बनाउने काम सरकारले गर्न आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको