२१ फाल्गुन २०७७, शुक्रबार

अमलेखगञ्ज डिपोका ९ कर्मचारीमा कोरोना संक्रमण : इन्धन आपूर्ति के होला !




९ भाद्र, काठमाडौं । अमलेखगञ्ज डिपो र त्यस मातहतका ९ जना कर्मचरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुलुकका अधिकांश डिपोहरूमा इन्धन आपर्ति हुने प्रमुख डिपोका कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

अमलेखगञ्ज डिपोमा कार्यरत ६ र मातहतको वीरगञ्ज कार्यालयमा कार्यरत ३ जनामा सोमबार कोरोना पुष्टि भएको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । प्रवक्ता उपाध्यायका अनुसार संक्रमण पछि दुई नम्बर प्रादेशिक डिपो अमलेखगञ्ज र वीरगञ्ज कार्यालय तीन दिनका लागि बन्द गरिएको छ ।

संक्रमित कर्मचारीहरूको आइसोलेशनमा उपचार भइरहेको र उनीहरूको सम्पर्कमा आएका दुवै कार्यालयका कर्मचारीहरू तत्काल पीसिआर परिक्षण गरी नियमित काममा फर्काइने निगमले जनाएको छ ।

इन्धन आपूर्ति के होला ?

१९ सय किलोमिटर पेट्रोल र २० हजार किलोमिटर डिजेल भण्डार क्षमताको अमलेखगञ्ज डिपो पहिलो नेपाल–भारत पेट्रोलियम पाइपलाइनसँग जोडिएको छ । यहि डिपोबाट काठमाडौं, पोखरा, जनकपुर, बुटवलसहितका मुख्य सहरमा डिजल, पेट्रोल वितरण हुँदै आएको छ ।

अमलेखगञ्जसहित देशभरका डिपोमा अर्याप्त मात्रामा इन्धन भण्डारण भएकाले अभाव डिजल, पेट्रोलको अभाव नहुने निगमले जनाएको छ । यद्दपि मुख्य आपूर्ति प्रणालीमा नै प्रभाव पर्ने गरी संक्रमित फेला परेपछि डिपो सञ्चालनका लागि निगमले १० जनाको टोली काठमाडौंबाट पठाउने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु