२१ जेष्ठ २०८०, आईतवार

बालविवाह रोकथामका लागि धामीडाँग्री-पुजारीलाई सचेतना तालिम



८ माघ, हुम्ला । सिमकोट गाउँपालिकाको वडा नम्बर ४ देखि ६ सम्मका २५ जना धामीडाँग्री तथा पुजारीका लागि सचेतना तालिम सञ्चालन गरिएको छ । परम्परात रूपमा समुदायमा हुने गरेको बालविवाह न्युनिकरण गर्न सचेतना तालिम सञ्चालन गरिएको हो ।

पछिल्लो समय कानुनत बीस पारी विहेवारी मान्यता रहेपनि स्थानीयस्तरमा १४, १५ वर्षमा नै विहे गर्ने चलन कम हुन सेकको छैन । समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहने स्थानीयस्तरमा मान्यता पाएका धामीडाँग्री र पुजारीलाई सचेतना अभियानमा सहभागी गराउँदा धेरै लाभदायक हुने सिमकोट गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत उजीर रोकायाले बताए ।

सिमकोट गाउँपालिकाले सचेतनाका लागि सञ्चालनमा ल्याएका विभिन्न कार्यक्रममध्ये यो एक नौलो र ग्रामीणस्तरका तल्लो समुदायका नागरिकलाई प्रत्यक्ष लाभ हुने कार्यक्रम सञ्चालनमा ल्याएको हो । यसबाट बाल सचेतना तथा अभियानमा सहयोग पुग्ने देखिएको छ ।

सचेतना तालिममा २५ जना धामीाडाँग्री तथा पुजारीको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको