सिंहदरबार घेर्दै अनेरास्ववियू, रत्नपार्कमा १ लाख मान्छे उतार्दै नेकपा

८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरूद्ध नेकपाको भातृ सङ्गठन अनेरास्ववियूले भोली (शुक्रबार) सिंहदरवार घेराउ गर्ने भएको छ । नेकपाले रत्नपार्कमा हुने विशाल सभामा एक लाख मानिस उतार्ने तयारी गरिरहदा अनेरास्ववियुले सिंहदरबार घेर्ने तयारी गरेको हो ।
अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले आफूहरूले प्रतिगमनविरूद्ध भद्र र शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका छन् ।
आन्दोलन र प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकारविरूद्ध दमन हुन खोजे प्रतिरोध गरिने बताउदै उनले भने, ‘विद्यार्थीको ठूलो संख्या हामीसँग रहेकाले प्रदर्शन उत्साहजनक हुन्छ ।’
सिंहदरबार घेर्ने तयारी पार्टीको नभई विद्यार्थीहरूको रहेको तामाङले स्पष्ट पारे । सिंहदरबार निषेधित क्षेत्र भनिएकाले आफुहरू भित्र नछिर्ने भएपनि घेराउ भने सशक्त हुने उनले बताए ।