४ आश्विन २०७८, सोमबार

प्रतिगमनविरूद्धको आन्दोलन आक्रामक बन्दै, उपत्यकामा प्रचण्ड-माधव समूहको वृहत मोटरसाइकल र्याली



७ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको आन्दोलन थप आक्रामक बन्दै गएको छ । काठमाडौंमा आ (बुधबार) वृहत मोटरसाइकल र्याली निकालेसँगै उक्त समूहले माघ ९ गते वृहत जनप्रदशन कार्यक्रम तय गरिसकेको छ ।

संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समुहले आज दिउँसो २ बजे मोटरसाइकल र्यालीली निकालेको हो । युवाहरूको भव्य उपस्थितिमा भृकुटीमण्डपबाट शुरु भएको मोटरसाइकल र्याली थापाथली, कुपण्डोल, जावलाखेल, कोटेश्वरबाट तीनकुने पुगेर समापन भएको छ ।

केन्द्रीय संघर्ष समितिको आह्वानमा निकालिएको मोटरसाइकल र्याली चार हजार भन्दा बढी मोटरसाइकलसँगै हजारौँ समर्थकको उपस्थिति थियो ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन नेपाली राजनीति बृत्त नै सङ्क्रमणकालिन अवस्थाबाट गुज्रिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनसँगै आगामी वैशाखमा मध्यावधि निर्वाचनको घोषणा गरेपछि नेकपाले निरन्तर विरोधका कार्यक्रम गरिरहेको छ ।

अहिले दोस्रो चरणको आन्दोलन गरिरहेको नेकपाका कार्यकर्तालाई अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले आन्दोलन थप सशक्त र आक्रामक बनाउन निर्देशन दिइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको