५ आश्विन २०७८, मंगलवार

चिनियाँ अर्बपति ज्याकमा तीन महिनापछि सार्वजनिक



माघ, काठमाडौं । चिनियाँ अर्बपति ज्याक मा झन्डै तीन महिनापछि सार्वजनिक रूपमा देखिएका छन् । गत अक्टोबरदेखि सार्वजनिक रूपमा नदेखिएका उनी बुधबार एउटा भिडिओ कन्फरेन्समा देखिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

लामो समय उनी सार्वजनिक मञ्चमा नदेखिएपछि चिनियाँ सरकारले नै उनलाई बेपत्ता पारेको हुन सक्ने आशंका गरिएका समाचार प्रकाशित भएका थिए ।

ग्लोबल टाइम्सका अनुसार ज्यकमाले बुधबार रूरल टिचर्स अवार्ड कार्यक्रममा भर्चुअल सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले कोरोनाको महामारी सकिएपछि आफूहरू फेरि भेट्ने बताएका छन् । यो अवार्ड उनकै संस्था ज्याक मा फाउन्डेसनले गर्दै आएको छ । प्रविधि व्यापारमा आउनुअघि उनी अंग्रेजी पढाउँथे ।

कोरोना महामारीका बेला विभिन्न मुलुकमा स्वास्थ उपकरण र अन्य सामग्रीहरू दिँदै आएका ज्याकमा आफ्ना गतिविधिबारे ट्वीटरमा अपडेट गरिरहन्थे । तर अक्टोबर १० पछि भने उनले कुनै ट्वीट गरेका छैनन् ।

पछिल्लो समय ज्याकमाले चिनियाँ कम्युनिष्ट पार्टीको सरकारका अधिकारीहरूको आलोचना गरेका थिए ।

उनको आन्ट ग्रुपले केही समयअघि संसारकै ठूलो आइपिओ (इनिसियल पब्लिक अफरिङ) जारी गर्न लागेको थियो । सांघाई स्टक एक्सचेन्जमा अन्तिम समयमा आन्टलाई आइपिओ जारी गर्नबाट रोकिएको थियो ।

उनले विवादास्पद अभिव्यक्ति दिएपछि बेइजिङले उनको कम्पनीविरूद्ध एन्टी मोनोपोली अनुसन्धान सुरू गरेको छ ।

(एजेन्सिको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको