१० आश्विन २०७८, आईतवार

ओली प्रतिगमनविरूद्ध खेलकुद महासंघको ५५१ सदस्यीय सङ्घर्ष समिति गठन



६ माघ, काठमाडौं । नेपाल खेलकुद महासंघ र अखिल नेपाल खेलकुद महासंघ बिचको एकता प्रक्रिया पुरा भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा मंगलबार महासंघको अध्यक्ष पुरुषोत्तम पौडेल संयोजक र शिव कोइराला ‘ज्वाला’ सहसंयोजक रहने गरी २०५ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको हो ।

उक्त भेला तथा बैठकमा पार्टीका तर्फबाट अखिल नेपाल खेलकुद महासंघका इञ्चार्च गणेशमान पुन र सह–इञ्चार्ज अजम्बर काङमाङ राई अतिथिका रूपमा उपस्थित थिए ।

घोषित केन्द्रीय कमिटी वैठकले खेलकुदको विकासमा निरन्तर क्रियाशिल रहने प्रतिवद्धता जनाउदै विद्यमान खेलकुद नितीहरूलाई समय सापेक्ष परिमार्जन गर्ने , स्तरिय खेल–पूर्वाधारको विकासमा लगानी बढाउने , खेलाडी उत्पादन , प्रशिक्षण , तालिम गरी व्यापक रूपमा प्रतियोगिताहरू सञ्चालन गर्न स्थानिय तहदेखि केन्द्रीय तहसम्म खेलकुदलाई चलायमान बनाउन अहिलेको न्युन वजेटमा व्यापक बढोत्तरी आवश्यक रहेको महासंघको ठहर छ । यसको लागि सरकारले खेलकुदमा कमसेकम एक प्रतिशत वजेट पुर्याउनको लागि जोडदार माग गरेको छ ।

महासंघको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको संसद विघटनले मुलुकलाई सङ्कटमा पुर्याउनुको साथै समग्र देशलाई अन्यौल, अस्थीरता र प्रतिगमनतर्फ डोर्याउने काम गरेको निष्कर्ष निकाल्दै अखिल नेपाल खेलकुद महासंघ यसको घोर निन्दा तथा भत्र्सना गरेको छ । महासंघले प्रतिगमनलाई सच्याउन र जनताद्वारा निर्मित संविधान रक्षाको लागि नेपाली जनतासँगै रहेर सङ्घर्षमा सशक्त ढङ्गले सहभागिता जनाउने प्रतिवद्धता जाहेर गरेको छ ।

संघर्षमा सहभागिता र सहयोगको लागि महासंघका संयोजक पुरूषोत्तम पौडेलको नेतृत्वमा ५५१ सदस्यीय संघर्ष समिती गठन गरेको छ ।

संघर्षको कार्यक्रमहरू :

माघ ७ गते २ बजे भृकुटीमण्डप, काठमाडौंबाट सुरू हुने मोटरसाइकल र्यालीमा ५०० मोटर साईकल सहित सहभागी हुने ।

माघ ९ गते नेकपाले आयोजना गरेको विशाल जन–प्रदर्शनमा सहभागिता जनाउने ।

माघ ९ गतेको जन–प्रदर्शनपछि सबै केन्द्रीय सदस्यहरू तथा जिल्लामा महासंघमा रहेका कमरेडहरूले खेलकुद भेला, खेल कार्यक्रमहरू, खेल प्रदर्शनहरू समेत प्रतिगमनविरूद्ध लक्षित गरी आयोजना गर्ने ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको