एकमात्र भाइ राकेशको निधनले महानायक हमाल शोकमा
७ साउन, काठमाडौं । नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालका एकमात्र कान्छा भाई राकेश हमालको निधन भएको छ । नयाँ दिल्लीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा राकेश निधन भएको हो ।
अभिनेता हमालका एकमात्र भाई राकेशको निधनले हमाल परिवार शोकमा डुबेको छ । कलेजोमा गम्भिर समस्या देखिएपछि राकेशलाई प्लेन चार्टर्ड गरी दिल्ली लगिएको थियो । उनको शवलाई नेपाल ल्याउने तयारी भइरहेको पारिवारीक स्रोतले जनाएको छ ।
दिवंगत राकेशका श्रीमती र दुई छोराछोरी छन् । लामो समय वि.पि फाउण्डेशनमा रहेर काम गरेका राकेश एसियाली राजनीतीक पार्टीहरुको सम्मेलन आइक्यापमा नेपाली काँग्रेस नेतृ सुजाता कोइरालाको सहयोगीको रुपमा समेत संलग्न हुनुहुन्थ्यो ।
लकडाउनका कारण आफु नेपालमै रहेका बेला नयाँ दिल्लीमा भाइको निधनको खबर महानायक हमाल स्तव्ध बनेका छन् । भाइसँगका सम्झना समेटिएका तस्वीरहरु फेसबुकमा राखेर हमालले लेखेका छन्, गुड बाई डियर काकु….‘मे यू अल्वेज फाइन्ड पिस’ ।

यता राजेश हमालको महानायक पदवीलाई लिएर एकाएक चर्किएको विवाद अझै सेलाइ सकेको छैन । अभिनेत्रृ दिपाश्री निरौलाले एक टेलिभिजन कार्यक्रममा दिएको ठाडो अभिव्यक्तिले विवादको स्वरुप लिएको थियो । हमालले नेपाली चलचित्र क्षेत्रमा करिव ३ दशकसम्म अनवरत पुर्याएको योगदानको कदरस्वरुप आम नेपालीले दर्शकले दिएको मायाको प्रारुप हो महानायक पदवी ।
झिनो सफलता हात पारिसकेपछि मनमा उब्जिएको घमण्डले फुत्कीएको अभिव्यक्तिले दिपाश्रीको अबको चलचित्र यात्रा नै चुनौतिपुर्ण बनाइदिएको छ । दर्शकको संवेदनशिलतामा आघात पर्ने अभिव्यक्तिले दिपाश्रीले व्यहोरेको सजायबाट अन्य कलकारले पनि पाठ सिक्नु जरुरी छ ।