१६ श्रावण २०७८, शनिबार

युवा गायक गौरवको ‘जय शम्भु’ बोलको भजन सार्वजनिक(भिडियोसहित)



८ भाद्र, काठमाडौं । बहुप्रतिभावन युवा गायक गौरव गिरीको ‘जय शम्भु’ बोलको भजन सार्वजनिक भएको छ । आफ्नै आधिकारी युट्युव च्यानलबाट गौरवले शिव भजन सार्वजनिक गरेका हुन् ।

गौरव गिरीकै शब्द, संगीत र स्वर रहेको भजनको संगीत संयोजन भने राजेन्द्र बज्गाईँले गरेका हुन् । सुदरपश्चिमेली लोक शैलिको भजन मज्जाले झुमेर गाउने/नाच्ने प्रकृतिको छ ।

आफैमा कुशल निर्देशक गौरवले यो भजनको भिडियो निर्देशन मात्र होइन अभिनय पनि गरेका छन् । गौरवको साथमा भिडियोमा देखिएका सचिन गौतम र रामानन्द सुबेदी पनि शिव भजनमा मन्त्रमुग्ध भएर झुमेको देखिन्छ ।

दिपक गिरीको छायाँकन रकेको भजनको भिडियो सम्पादन अनिल रानाले गरेका हुन् । कोरोना महामारीले जनजीवन त्रसित भइरहेका बेला भगवानको लिलामा आस्था, विश्वास राख्नेहरूका लागि ‘जय शम्भु’ भजन गज्जवको धार्मिक खुराक बन्न सक्छ ।

भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु