२१ फाल्गुन २०७७, शुक्रबार

हुम्ला उडान गर्दा अब पीसीआर रिपोर्ट नचाहिने



समर हुम्ली

२ माघ, काठमाडौं । कोरोना महामारीका कारण हुम्लामा हवाई उडान गर्दा सर्वसाधरणहरूले अनिवार्य पीसीआर रिपोर्ट देखाउनुपर्ने प्रावधान माघ २ गतेबाट हटाइने भएको छ । जिल्ला कोरोना जोखिम व्यवस्थापन समिति (डिसीसीएमसी) हुम्लाको शुक्रबार बसेको बैठकले उक्त प्रावधान हटाउने निर्णय गरेको हो ।

नेपालका ७७ जिल्लामध्ये हुम्ला र डोल्पामा हवाई उडानबाट भित्रिदा पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य हुने प्रावधानलाई अब आवश्यक नपर्ने गरी खुला गरेको डिसीसीएमसी हुम्ला स्रोतले जानकारी दिएको छ ।

यस अघि हुम्ला भित्रिदा दुई हजार रकम खर्च गरेर चेकजाँच गर्नुभन्दा पनि नक्कली रिपोर्टले झनै समस्या देखिएको र उक्त रकम अनावश्यक खर्च भएको स्थानीयहरूले बताउने गरेको थिए । त्यसलाई अनावश्यक झन्झट मानिए पनि बाध्यकारी प्रावधान हुँदा हवाई उडानमा समस्या हुँदै आएको थियो ।

नेपालगंज, सुर्खेत, काठमाडौं र अन्य शहरबाट हुम्ला आउँदा अनिवार्य पीसीआर रिपोर्ट नेगेटिभ चाहिने निर्णयलाई खारेज गर्दा स्थानीयहरूले सास्ती व्यहोर्नुपर्ने समस्याबाट मुक्त भएको नेपालगंज विमानस्थलमा कार्यरत हिल्सा ट्राभल्स एण्ड टुर्सका म्यानेजर विष्णु रावतले बताए ।

पछिल्लो समय माथिल्लो निकायले पनि कोभिड–१९का लागि नयाँ प्रोटोकल लागु गरेकाले हुम्लामा पनि यसलाई परिमार्जन गरिएको छ । यसबाट सिण्डीकेटका रूपमा पीसीआर रिपोर्टको कपी पेस्ट परम्परा हट्ने भुक्तभोगीहरूले जनाएका छन् । । हालसम्म अन्दाजी दशौं हजारले पीसीआर गर्दा लाखौं रकम खर्च भएको थियो । अब अनिवार्य कोरोना परिक्षण रिपार्ट पेश गर्नुपर्ने प्रावधान हटाइएसँगै अनावश्यक रकम खर्च हुने काम पनि रोकिएको छ ।

विज्ञप्ति हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु