१३ आश्विन २०८०, शनिबार

न्यायाधीशहरूले प्रधानमन्त्रीलाई भेटेको समाचार कपोकल्पित होः सर्वोच्च



२ माघ, काठमाडौं । सर्वोच्च अदालतले चार न्यायाधीशहरूले प्रधानमन्त्रीलाई भेटेको भन्ने समाचारको खण्डन गर्दै विज्ञप्ति जारी गरेको छ ।

शुक्रबार केही अनलाइन सञ्चारमाध्यममा संवैधानिक इजलासका चार जना न्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गोप्य रूपमा भेटेको खबर सार्वजनिक भएपछि सर्वोच्चले तत्काल विज्ञप्ति जारी गर्दै समाचार भ्रामक र कपोकल्पित भएको पुष्टि गरेको हो ।

प्रतिनिधि सभा विघटनको सुनुवाइअघि न्यायाधीशहरू सपना मल्ल, हरिकृष्ण कार्की, मीरा खड्का र दीपक कार्कीले विभिन्न समयमा प्रधानमन्त्रीसँग गोप्य रूपमा भेटेको समाचारमा उल्लेख थियो ।

उक्त समाचारको खण्डन गरिएको सर्वोच्च अदालतले विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनआस्थामा प्रतिकूल प्रभाव पर्नेगरी मिथ्यापूर्ण, भ्रामक, अतिरञ्जित, असत्य र कपोकल्पित समाचार सम्प्रेषण हुनु दुखद र खेदजनक विषय हो । अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशंका र भ्रम सिर्जना गर्ने गरी, सत्य र यथार्थ नबुझी समाचार प्रकाशन गर्नाले न्यायपालिकाप्रतिको विश्वसनीयता र आम नागरिकको यसप्रतिको आस्थामा खलल पुग्न जाने तथा त्यस प्रकारको कामबाट सम्पूर्ण प्रेस जगतप्रतिको विश्वसनीयतामा पनि आँच आउन सक्ने अवस्था रहन्छ । यसप्रकारका कार्यहरू पत्रकार आचारसंहिता र कानुन प्रतिकूल पनि हुनाले कानुनी दायरामा आउन सक्नेतर्फ सचेत हुन ध्यानाकर्षण गराउँदै सम्प्रेषित समाचारको भ्रममा नपर्न सबैमा अनुरोध छ ।’

प्रधानमन्त्रीसँग भेट गरेका भनिएका चार न्यायाधीशहरूमध्ये तीन जनाले पनि यो समाचारको खण्डन गरेका छन् ।

विज्ञप्ति होर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको