२३ फाल्गुन २०७७, आईतवार

युवा गायक जोसेफ शाहीको देउडा गीत ‘पियारी’ सार्वजनिक (भिडियोसहित)



१ माघ, काठमाडौं । युवा गायक जोसेफ शाही ठकुरीको देउडा शैलीको गीत ‘पियारी’ सार्वजनिक भएको छ । लाइमलाइट नेपाल युट्युव च्यानलबाट बिहिबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।

जोसेफ आफैलै लेखेका शब्दमा कोशिष क्षेत्रिले संगीत भरेका हुन् । उदयराज पौडेलको संगीत संयोजन र श्यामश्वेत रसाइलीको ध्वनी सम्पादन रहेको गीत ‘पियारी’ प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो ।

गरिबीले थिचिएपछि केहि विकल्प नभेटेर धन कमाउन विदेश गएको एक परदेशीले आफ्नी धर्मपत्नीलाई सम्झाइरहेको कथाबस्तु गीतमा भेटिन्छ ।

दिवंगत अभिनेता श्रृकृष्ण श्रेष्ठको क्यारिकेचर गरेर एकाएक चर्चामा आएका कलाकार प्रकाश चन्द, सरस्वति फुयाँल, रत्न डंगोल, रामहरी थापा र रञ्जित मगरको भिडियोमा अभिनय हेर्न सकिन्छ ।

चक्रबहादुर बरालको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियो निर्देशन देवेन्द्र कुँवरले गरेका हुन् ।

भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु