१७ आश्विन २०८०, बुधबार

सैनिक जवानलाई कुटपिट गर्ने ३ क्याप्टेनको बढुवा रोक्का, सूचना चुहाउने अधिकारी बर्खास्त



२६ पुस, काठमाडौं । शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएका नेपाली सैनिक जवानमाथि निर्घात कुटपिटमा संलग्न ३ क्याप्टेनको बढुवा १ वर्षका लागि रोक्का गरिएको छ । सामाजिक सञ्जामार्फत् कुटपिट प्रकरण को सूचना चुहाउने अधिकारीलाई सैनिक अदालतले बर्खास्त गरेको छ ।

नेपाली सेनाको मिडिया तथा सामाजिक सञ्जाल प्रयोग नीति विपरीत कार्य गरेको र अन्यलाई पनि सैनिक आचरण बाहिरको कार्य गर्न उक्साएको ठहर गर्दै सैनिक अदालतले संलग्न जवानलाई बर्खास्तीको आदेश सुनाएको हो ।

उनलाई भविष्यमा कुनै पनि सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गर्दै ६ महिनाका लागि कैद सजाय पनि तोकिएको सैनिक स्रोतले जनाएको छ ।

सैनिक आचारसंहितामा अनुसार ती जवानले सामाजिक सञ्जालमा तस्वीर हाल्नुको साटो गणपति वा सैनिक मुख्यालय वा शान्ति सेना निर्देशनालयमा उजुरी गर्नुपथ्र्यो । सिधै प्रधानसेनापतिलाई उजुरी गर्न सकिने व्यवस्था पनि छ ।

हरेक सैनिक युनिटमा सिकायत उजुरी पेटिका पनि राखिएको छ, जसमा हरेक सैनिकले कार्यालयभित्र भएका गलत गतिविधिबारे लेखेर राख्न मिल्ने व्यवस्था छ । तालाबन्दी गरिएको सिकायत पेटिका खोल्ने अधिकार जंगीअड्डामा रहेको सिकाय जाँचबुझ निर्देशनालयका अधिकारी समक्ष मात्र हुन्छ ।

यसअघि ८ असोजमा कंगोमा क्याप्टेन इन्द्र थापा, सुवास हुमागार्इँ र योगेन्द्र धितालले सैनिक जवान नवराज माझीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

कुटपिटपछिको माझीको शरीरमा निलडाम भएको विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । त्यसपछि सैनिक मुख्यालय जंगीअड्डाले ज्येष्ठ मेजर (सेनानी) को नेतृत्वमा ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको