६ आश्विन २०८०, शनिबार

सुर्खेतका एक सय छाडा चौपाया हुम्लाको कृषि फार्ममा



समर हुम्ली

२५ पुस, हुम्ला । कर्णाली प्रदेशको राजधानी सुर्खेत (वीेरेन्द्रनगर)को सडक, बजार तथा अन्य खुला क्षेत्रमा बेवारिसे अवस्थामा रहेका चौपायाहरूलाई हुम्ला खार्पुनाथ गाउँपालिकाका केही व्यक्तिहरूले आयआर्जनका लागि प्रयोग गर्ने भएका छन् ।

सुर्खेत लगायतका नेपालका अन्य स्थानबाट कृषि प्रयोजनका लागि भन्दै यस्ता चौपायाहरूलाई हुम्लामा लग्ने गरेको तथ्य फेला परेको छ ।

यसअघि पनि लागि हुम्लाका विभिन्न गाउँपालिकाहरुका वडा अध्यक्षहरूबाट छाडा पशुवस्तु हुम्लामा ल्याउनका लागि सिफारिस गर्ने गरिएको छ । यस्तै खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भीमबहादुर शाहीले स्थानीय दलीतहरूका आयआर्जनमा सहयोग पुगोस भनि सिफारिस गरिएको बताएका छन् ।

उच्च अदालत वीरेन्द्रनगर सुर्खेतले पनि यस्ता छाडा पशु चौपाया व्यवस्थापनलाई छिटो तह लगाउनका लागि आदेश पनि दिइसकेको छ । यसै आदेशलाई कार्यान्वयन गर्नका लागि वीरेन्द्रनगर पालिका सुर्खेतले पहिलो चरणमा हुम्लामा पठाउनका लागि एक सय छाडा पशु चौपाया विशेषतः गाईहरु हुम्ला पठाउन अनुमति दिएको छ ।

खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का मोतीराम्या कामीले उक्त गाई हुम्ला ल्याउनका लागि सबै प्रक्रिया पुरा गरेर सुर्खेतबाट हिँडाइसकेका छन् । उनले तीन महिनामा एक सय गाईलाई हुम्ला खार्पुनाथमा रहेको कृषि फार्ममा पुगाउने बाचा गरेको वीरेन्द्रनगर नगरपालिकाका वातावरण तथा अनुगमन उपशाखाका प्रमुख यामलाल गिरीले जानकारी दिए ।

पहिलो चरणमा हुम्ला खार्पुनाथमा रहेको कृषि फार्मका लागि एक सय गाई ल्याइएको छ । यो क्रम बढ्दै जाने भएको छ । हुम्लामा एक गाईको दशदेखि २५ हजारसम्म मोल पर्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको