२३ जेष्ठ २०८०, मंगलवार

बिजुलीको तार सट हुँदा आगलागी, चार लाखभन्दा बढिको क्षति



२४ पुस, काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने याँचुमा बिजुलीको लाइन सट हुँदा आगलागी भएको छ । स्थानीय दुई जनाको घरमा आगलागी हुँदा चार लाखभन्दा बढिको क्षति भएको छ ।

स्थानीय, गाउँपालिकाका कर्मचारी तथा प्रहरीको पहलमा मानवीय क्षति भने हुन पाएन ।

बिहीबार दिउँसो करीब एक बजेतिर बिजुलीको तार सट भएर आगलागी हुँदा याँचुका तुला सुनार र गोरसिंह सुनारको घर तथा पसलमा आगलागी भएको हो । यसबाट चार लाख २० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्ला स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय जो पायो त्यहीलाई घर तथा पसलमा लगिने बिजुलीको बायरिंगको काम लगाउदा यस्तो समस्या आउने गरेको छ । विशेषतः ग्रामीण क्षेत्रतिर यस्ता घटनाहरू घट्ने गरेकाले समयमै यसप्रति सचेत हुन नसके यस्ता घटनाहरु घटी रहने हिल्दुम लघजलविद्युतका प्राविधिकले जानकारी दिएका छन् ।

गाउँघरतिर बिजुली जथाभावी बाल्ने, मिटर बक्स नराख्ने, स्वीच अफ नगर्ने कारणले पनि यस्ता समस्या बेलाबेलामा आइरहेका छन् । बीसौं, सैयौं घर जोडिएका गाउँहरूमा यस्ता घटनाहरू घटेमा नियन्त्रण गर्न गाह्रो हुने र धेरै धनजन क्षति हुने खतरा देखिएकाले सबैजना सचेत हुन जरूरी छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको