गएको २४ घण्टामा ७४३ कोरोना संक्रमित थपिए, ७ जनको मृत्यु
८ भाद्र, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट गएको २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ भने मृत्यु हुनेको संख्या १६३ पुगेको छ ।
मृतकहरूको विवरण :
काठमाडौंको कागेश्वरी ९ की ४८ वर्षीया महिलाको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । मुटु, मिर्गौला र पित्तथैलीको समस्या देखिए पछि साउन २८ गते अस्पताल भर्ना भएकी उनलाई त्यही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
भदौ ६ गते पाटन अस्पतालमा भर्ना भएका काठमाडौंका ७४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
त्यस्तै मोरङको विराटनगर ६५ वर्षीय पुरूकोशी अस्पताल, कोरोना उपचार केन्द्रमा मृत्यु भएको छ । आइतबार कोरोना पुष्टि भएका उनि श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।
क्षयरोग पीडित पर्साको बिन्दबासिनी गाउँपालिका ३ की ७० वर्षीया वृद्धाको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि शनिबार नारायणी अस्पताल भर्ना गरिएकी वृद्धालाई उपचारका क्रममै कोरोना पुष्टि भएपछि आइसीयूमा सारिएको थियो ।
सिरहाका २२ वर्षीय पुरूषको बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखीए पछि भदौ २ गते अस्पताल भर्ना भएका उनमा कोरोना संक्रमण पुष्टि भएपछि आइसीयूमा उपचार भइरहेको थियो ।
ललितपुरको पाटन अस्पताला उपचाररत धनुषाका ७६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उनी साउन २५ गते अस्पताल भर्ना भएका थिए ।
त्यस्तै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत रूपन्देही, बटवलका ५४ वर्षीय पुरूषको मृत्यु भएको छ । अस्पतालका अनुसार उनि मिर्गौला रोगबाट पीडित थिए ।
तत्काल कोरोना परिक्षणको दायरा फराकिलो बनाएर संक्रमण पुष्टि भएकाहरूसँग सम्पर्कमा आएकाहरूको पहिचान गर्न नसके सोचभन्दा भयावह स्थिती सिर्जना हुने जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । मान्छेको बाक्लो बस्ति भएका काठमाडौं जस्ता शहरहका बासिन्दा व्यक्तिगत सुरक्षामा निकै संवेदनशिल हुनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
जिवन र मरणसँग प्रत्यक्षरूपमा जोडिएको यो महामारीबाट जोगिने औषधि नै व्यक्तिगत सावधानि भएको छ ।