११ मंसिर २०७८, शनिबार

फेसबुकका एडभरटाइजिङ इन्टिग्रिटी प्रमुख लिथर्नले दिए राजिनामा



२३ पुस, काठमाडौं । विश्वमै सर्वाधिक प्रयोगकर्ता भएको सामाजिक सञ्जाल कम्पनी फेसबुकका एडभरटाइजिङ इन्टिग्रिटी प्रमुखले पदबाट राजिनामा दिएका छन् ।

कम्पनीको आन्तरिक सूचनाअनुसार यही हप्ता फेसबुकको संवेदनशील विषयसम्बन्धी एड प्रोडक्ट हेर्ने रोब लिथर्नले पद छोडेको रोयटर्सले जनाएको छ ।

उनले यही महिनाको सुरुतिर उनले डिसेम्बर ३० सम्ममा पद छोड्ने बताएका थिए । उनले पद छोडेको बारे यसअघि जानकारी दिइएको थिएन । उनले विज्ञापन र सामाजिक सञ्जालभन्दा बाहिर उपभोक्ताको गोप्य मामिलाबारे काम गर्न फेसबुक छोड्न लागेको जनाएका थिए ।

तर उनले कहाँ जाने भन्नेचाहिँ नखुलाएको बताइएको छ । फेसबुकको विवादास्पद राजनीतिक विज्ञापन नीतिका उनी परिचित अनुहार हुन् । अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपतीय निर्वाचन हुनुअघि अनर्गल दाबी र शंका सिद्धान्तलाई फेसबुकमा अनुमति दिई प्रचार–प्रसार गर्न छुट दिएको भन्दै आलोचना भएको थियो ।

स्रोतः एजेन्सिको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको