१४ जेष्ठ २०८०, आईतवार

यात्रुबहाक बस भेरी नदीमा खस्यो, १ जनाको मृत्यु



२३ पुस, काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ९ भुल्केमा यात्रुबहाक बस भेरी नदीमा खसेर दुर्घटनाग्रस्त भएको छ ।

गुडीरहेको बस सडकबाट भेरी नदीमा खस्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पुष्टि हुन भने बाँकी छ ।

बिहीबार सवा ३ बजेतिर भएको उक्त दुर्घटनाको बारेमा पूर्ण विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उद्धारका लागि घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय छिन्चुको टोली गइरहेको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको