सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बोहराले दिए राजीनामा
२२ पुस, काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् ।
धनगढीमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा दिएको जानकारी दिए ।
विं सं. २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित बोहरा तत्कालीन माओवादी केन्द्रबाट बाम गठनबन्धका उम्मेदवार बनेका थिए ।
उनी फागुन ५ गते आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका थिए ।
असंवैधानिक रूपमा प्रतिनीधिसभा विघटन भएसँगै पछिल्लो समय प्रदेशका सकारका मन्त्रीहरूले धमाधम राजिनामा दिन थालेका छन् ।
राजनीतिक सङ्क्रमणकै बिचमा प्रधानमन्त्री ओलीले संघीय सरकारको मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् । अब प्रदेश सरकारका सन्दर्भमा उनले कस्तो कदम चाल्ने हुन् त्यो भने प्रतिक्षाकै विषय बनेको छ ।