१० आश्विन २०७८, आईतवार

काठमाडौं उपत्यकामा मर्निङ वाक नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह



२१ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङवाक वा घर बाहिर गएर शारीरिक व्यायाम नगर्न आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

केहि दिनदेखी मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकामा बढेको अत्याधिक वायु प्रदुषणले जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै मंगलबार मन्त्रालयले विशेष सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोकौं, घर बाहिर ननिस्कौं निस्कनै पर्ने अवस्था भए मास्कको अनिवार्य प्रयोग गरौं ।’

मन्त्रालयले फोहोर नचलाउन र अत्यावश्यक नभई सवारी साधनहरू नचलाउनसमेत विज्ञप्तिमा उल्लेख गरेको छ ।

सोमबार र मंगलबार खतराको तह पार गर्दै काठमाडौं उपत्यकाको वायुको गुणस्तर ४०० एक्युआई भन्दामाथि पुगेको थियो ।

विज्ञप्ति हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको