६ आश्विन २०८०, शनिबार

राजा घले अमेरिकी अन्तर्राष्ट्रिय कम्पनिको सद्भावना दूतमा नियुक्त



२१ पुस, काठमाडौं । अमेरिकामा बसोबास गर्ने प्रतिष्ठित नेपाली सामाजिक अभियन्ता तथा व्यवसायी राजा घले अमेरिकी अन्तर्राष्ट्रिय कम्पनिको सद्भावना दूत नियुक्त भएका छन् ।

अमेरिकाको जर्जिया राज्यको एटलान्टा शहरस्थित प्रतिष्ठित अन्तराष्ट्रिय कम्पनी ‘वल्र्डवाइड युनिभर्सल इनह्यान्स क्रिएटर्सले’ सामाजिक अभियन्ता घलेलाई सद्भावना दूत नियुक्त गरेको हो ।

नयाँ वर्षको अवसर पारेर कम्पनीले घलेलाई सद्भावना दूत बनाएको हो । यस कम्पनीमा सद्भावना दूत नियुक्त हुने घले पहिलो नेपाली हुन् ।

नेपाल सरकारका लागि अमेरिकाको दक्षिण-पूर्वी क्षेत्रको पर्यटन दुतसमेत रहेकय घले विभिन्न संस्थाहरुमार्फत सामाजिक अभियान र आफ्नै व्यवसायमा संलग्न रहदै आएका छन् ।

उनी नेप्लिज एसोसिएन इन साउथइस्ट अमेरिकाका प्रथम निर्वाचित अध्यक्ष तथा गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्यव परिषदका पूर्व सदस्य रहिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको