२१ फाल्गुन २०७७, शुक्रबार

तोलामा रु ११०० ले उकालो लाग्यो सुनको मूल्य



२१ पुस, काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा रु एक हजार १०० ले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला रु ९६ हजार ४०० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ ।

छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला रु ९५ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन प्रतितोला रु ९४ हजार ८०० मा कारोवार भएको थियो ।

यस्तै चाँदी प्रतितोला रु १० ले वृद्धि भई प्रतितोला रु एक हजार ३३५ मा कारोवार भएको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार ३२५ मा सोमबार कारोवार भएको थियो ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु