१० आश्विन २०७८, आईतवार

हिमपातले हुम्लाका उत्तरी नाका ६ महिनाका लागि बन्द



समर हुम्ली

२१ पुस, काठमाडौं । हुम्लामा यो वर्ष ढिलो गरी हिमपात हुँदा ६ महिनाका लागि उत्तरी नाका बन्द भएका छन् । जिल्लामा दोस्रो पटक हिमपात हुँदा सबै प्रकारका कामहरूका लागि हिल्सा र लिमीमा नाका बन्द भएका हुन् ।

स्थानीय सेरोफेरोमा पनि मानिसहरू वरपर जान नसकिने अवस्था रहेकाले पशुवस्तुका लागि घाँसको व्यवस्था पनि घरमै गर्नुपर्ने कष्टकर देनिकी शुरू भएको लिमी गाउँका कुन्जोक तामांगले बताए ।

हिउँ परिसकेपछि हिल्सा र लिमी क्षेत्रको तापक्रम दिउँसो माइनस् १० र राती माइनस् २५ सम्म पुग्ने गरेको छ । यसबाट बच्न लुगा, आगो र समयमै सचेत हुनु एक मात्र विकल्प हो ।

हुम्लाको एक मात्र वैधानिक नाका हिल्सामा सिमा प्रहरी पोष्टमा दुई दर्जन सशस्त्र प्रहरीको टोली बसेको छ । त्यस्तै घर कुर्नका लागि एक दर्जन स्थानीयबासी बसिरहेको जानकारी सशस्त्र प्रहरी पोष्ट हिल्साका इन्जार्च सुरज केशीले बताए ।

स्थानीय किसानहरूका लागि हिउँले राम्रो गरे पनि हुम्ला हिमाली जिल्ला भएकाले यहाँको तीन हजारभन्दा माथिको भूभागका बासिन्दाका लागि हिउँदको समय कष्टकर हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको