२१ फाल्गुन २०७७, शुक्रबार

चर्चित अभिनेत्री दिपिका धुम-४ मा भिलेनको भूमिकामा देखा पर्दै



२० पुस, काठमाडौं । बलिउड चर्चित अभिनेत्री दिपिका पादुकोण चलचित्र धुम–४ मा भिलेनको भूमिकामा देखा पर्ने भएकी छिन् ।

सामान्यतया चलचित्रमा भिलेनको भूमिकामा पुरूषलाई देखाउने प्रचलन छ । तर बहुचर्चित चलचित्र धुम–४ मा दिपिका पादुकोण भिलेनको भूमिकामा देखिने खबर बाहिरिएपछि धुमप्रति आम दर्शकको चासो बढेको छ ।

सन् २००४ मा सुरु भएको धुम फिल्मको सीरीजले बक्स अफिसमा थुप्रै रेकर्ड तोडेको छ । धुम, धुम–२, धुम–३ पछि फेरी धुम–४ को खबरले चर्चा पाइरहेको छ । फिल्ममा उदय चोपडा र अभिषेक बच्चनको भूमिका सधैँ रहने गर्छ । तर भिलेन को बन्दैछ भन्ने विषयमा सबैलाई चासो रहने गर्छ ।

यसको भिलेनको भूमिकामा शाहरुख खान र रणवीर सिंह जस्ता नामहरू चर्चामा आएका थिए । तर भारतीय एक न्यूज पोर्टलका अनुसार अब यस भूमिकामा अभिनेत्री दीपिका पादुकोणलाई लिइएको छ । धुम –४ का लागि मेगा बजेट फिल्ममा दीपिका पादूकोणलाई महिला भिलेनको रूपमा लिइनेछ । दीपिका उक्त फिल्ममा एक स्टाइलिश चोरको रुपमा देखिने बताइएको छ ।

धुमको पहिलो सीरिज सन् २००४ मा रिलीज भएको थियो जसमा भिलेनको भूमिकामा जोन अब्राहम थिए । त्यसपछि दुई वर्षपछि धुम–२ आएको थियो जसमा ऋतिक रोशनलाई र ऐश्वर्या रायलाई कास्ट गरिएको थियो । लामो समयपछि आएको धुम–३ मा आमिर खान भिलेनको भूमिकामा देखिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु