मौरेखोलामा जीप दूर्घटना, पूर्व जलस्रोत सहायकमन्त्री विनोद शाहसहित ३ जना गम्भिर घाइते
२० पुस, काठमाडौं । नेपालजञ्जबाट सुर्खेत जाँदै गरेको बा २१ च २७४६ नम्बरको जीप रत्न राजमार्गको मौरेखोलामा दूर्घटना ग्रस्त भएको छ ।
पूर्व जलस्रोत सहायकमन्त्री विनोद शाह, पूर्व जिविस उपसभापति सूर्यबहादुर शाही, जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मि देवी शाह र नेकपा नेता पदम माझी सवार जीप सडकबाट करिब १ सय मीटर तल खसेको खबर प्राप्त भएको छ ।
दूर्घटनमा परी पूर्व जलस्रोत सहायकमन्त्री विनोद शाह, जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मि देवी शाह र सवारी चालक गम्भिर घाइते भएका छन् । अचेत अवस्थामा रहेका विनोद शाह र घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज नर्सिङ होम लगिएको छ ।
पूर्व जिविस उपसभापति सूर्यबहादुर शाही र नेकपा नेता पदम माझीको अवस्था भने सामान्य रहेको बताइएको छ ।