१७ आश्विन २०८०, बुधबार

त्रिभुवन विमानस्थलबाट ५० थान गोलिसहित एकजना पक्राउ



२० पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जाँदै गरेका एकजनालाई चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको छ ।

९ एमएमको पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित झापा मेचीनगर वडा नम्बर २ का बद्रीनाथ राई पक्राउ परेको एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै गरेका राइलाई नियमित चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

उनी कस्तो प्रकृतिका व्यक्तिा हुन् ?, के प्रयोजनका लागि गोली बोकेका थिए ?, किन भद्रपुर जाँदैथिए भन्नेबारे घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको