माधव नेपालको अध्यक्षतामा नेकपा स्थायी कमिटी बैठक बस्दै
२० पुस, काठमाडौं । असंवैधानिक संसद विघटनविरूद्ध थप आन्दोलनको रणनीति तय गर्न प्रचण्ड–नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।
पत्नी सीता दाहालको उपचारका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार भारत गएकाले अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज १ बजे बैठक बस्न लागेको हो ।
१ बजे बस्ने बैठकका लागि आगामि आन्दोलनका कार्यक्रमको रणनीति तय गर्ने, एकता प्रक्रिया टुङ्गो लगाउने विषयमा छलफल गर्ने लगायतका एजेण्डा छन् ।