५ आश्विन २०७८, मंगलवार

३७ हजार स्वाब परिक्षणपछि आफै कोरोना सङ्क्रमित बनिन् डा. नितु



२० पुस, काठमाडौं । सैँतीस हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहेकी डा. नितु अधिकारी हाल आएर आफैँ कोरोना सङ्क्रमित भएकी छिन् । भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आएकी डा. अधिकारी लामो समय सङ्क्रमणबाट सुरक्षित रहेपनि अन्ततः सङ्क्रमित बनेकी हुन् ।

गत साता भाइरस सङ्क्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा छिन् । उनीसँगै श्रीमान् र आमालाइसमेत सङ्क्रमण देखिएको छ । डा. अधिकारीले भनिन्, ‘निकै गाह्रो हुँदो रहेछ ।’ उनले टाउको, शरीर र छाती दुखेको बताइन् ।

भरतपुरको उक्त प्रयोगशालामा दैनिक ६०० सम्म स्वाब परीक्षण हुने गरेको थियो । शुरुआती समयमा स्वाबको सङ्ख्या धेरै भएपछि २४ सै घण्टा काम गर्नुपरेको थियो । उक्त ल्याबमा काम गर्ने अन्य कर्मचारीलाई यसअघि नै कोरोना पुष्टि भइसकेको छ ।

भरतपुर कोभिड–१९ प्रयोगशालामा कार्यरत मेडिकल प्राविधिक आफू सुरक्षित भई काम गर्दा पनि सङ्क्रमित हुन पुगेको बताउछन् । ‘पिपिइ सेट लगाउने, निरन्तर सरसफाइ गर्ने, प्रयोग भएका वस्तुको तत्काल र वैज्ञानिक हिसाबले निर्मलीकरण गर्ने गरिन्छ, यति गर्दा पनि सङ्क्रमित भएँ’, डा अधिकारीले भनिन् ‘कुनै पनि अवस्थामा कमजोरी नहोस् भनी सबै साथीहरू होसियारीका साथ काम गर्ने गरेका थियौँ ।’

चितवनमा हालसम्म कोरोना पोजेटिभ सङ्क्रमित संख्या ६ हजार ४१२ पुगेको छ । मृतकको सङ्ख्या १०१ पुगेको छ । ६ हजार ६३ जना निको भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरमा मात्रै चार हजार ५८९ जना भाइरस सङ्क्रमित छन् । यस्तै माडीमा १३१, राप्तीमा ३११, रत्ननगरमा ७५७, खैरहनीमा ३९८, कालिका नगरमा १८८ र इच्छाकामनामा ३८ जना सङ्क्रमित देखिएका छन् ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको