प्रचण्ड पत्नी सीतालाई थप उपचारका लागि भारत लगिदै
१९ पुस, काठमाडौं । विगत केही दिनयता अस्वस्थ रहेकी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ ।
स्वास्थ्य अवस्थामा प्रभावकारी सुधार नआएपछि प्रचण्ड पत्नी सीतालाई थप उपचारका भोलि (सोमबार) भारत लैजान लागिएको बताइएको छ । पार्टीको काममा अति व्यस्त भएकाले एकिन नभएपनि प्रचण्ड भारत जानसक्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।
वंशाणुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । यसअघि अमेरिका, सिंगापुर र भारतमा पनि उपचार गराएपछि उनी पछिल्लो समय घरमा नै आराम गरिरहेकी थिइन् ।