१५ फाल्गुन २०७७, शनिबार

देशका प्रधानमन्त्रीको निर्मम टिप्पणी: तपाईंहरू शहिद भएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो !



१९ पुस, काठमाडौं । यो देशका प्रधानमन्त्री तथा ओली समूहका नेता केपी शर्मा ओलीले पदीय मर्यादालाई चटक्कै बिर्सेर विपक्षि समूहका नेताहरूलाई निर्मम टिप्पणी गरेका छन् ।

राजधानीको कार्की बैङ्क्वेटमा आफु निकट अनेरास्ववियूको भेलालाई सम्बोधनका क्रममा ओलीले प्रचण्ड–माधव समूहलाई लक्षित गर्दैै ‘तपाईंहरू शहिद भएर गएको भए श्रद्धाञ्जलि दिन हुन्थ्यो’ भन्ने अपृय टिप्पणी गरेका हुन् ।

सम्बोधनका क्रममा उनले भने, तपाईंहरू शहिद भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो । तपाईंहरु सहिद त होइन । अब तपाईंहरूलाई कार्यक्रमहरूमा स्मरण गर्नुपर्ने आवश्यक छैन । खाली तपाईंहरुले धुलो उडाउनुहुन्छ, त्यसमा हामीले पानी छर्किनुपर्छ, तपाईंहरूले दुर्गन्ध फैलाउनुहुन्छ, त्यहाँ अत्तर छर्किनुपर्छ त्यत्ति हो ।’

यति भन्दा–भन्दै पनि ओलीले प्रचण्ड–माधव समूहमा लागेका नेताहरूलाई आफ्नो समूहमा आउन आग्रह गरे । नेताहरूमा कुर्सीको पीर भएकाले कुर्सी यथावत राखिएको भन्दै उनले भने, ‘आउनुस् । तर, उहाँहरू आउनु भएन भने पनि यो अभियान अगाडि बढ्छ ।’

फेरी प्रचण्ड–माधव नेपाललाइ लक्षित गर्दै ओलीले भने, ‘दुई–चारवटा पीलो निचोरियो भने पनि वजन घटेको हुन्न भनेजस्तै अझ पीडारहित भएर अगाडि बढ्छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु