१९ श्रावण २०७८, मंगलवार

ओली समूहको केन्द्रीय सदस्य परित्याग गर्दै कर्णालीका दुई मन्त्री प्रचण्ड–माधव समूहमा प्रवेश



१९ पुस, सुर्खेत । कर्णाली प्रदेशका दुई मन्त्रीहरू केपी शर्मा ओलीको साथ छोडेर नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समुहमा समाहित भएका छन् ।

नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)का नेता तथा सामाजिक विकास मन्त्री दल रावल र पर्यटन मन्त्री नन्दसिंह बुढा प्रचण्ड–माधव समूहमा समाहित भएका हुन् ।

नेकपाको केपी शर्मा ओली समूहले बनाएको केन्द्रीय सदस्य परित्याग गर्दै मन्त्रीद्वय रावल र बुढा प्रचण्ड–माधव समूहमा प्रवेश गरेको खबर प्राप्त भएको छ । मन्त्रीहरू रावल र बुढासँगै नेकपा कर्णाली प्रदेशका नेता तथा प्रदेश सभा सदस्य पदम रोकाय पनि प्रचण्ड–नेपाल समूहमा प्रवेश गरेका छन् ।

रावल, बुढा र रोकाया ओली समूह त्यागेर दाहाल नेपाल समूहमा समाहित भएको उक्त समूहका नेता हस्तबहादुर शाहीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु