२२ फाल्गुन २०७७, शनिबार

‘हुम्ली भोटे भाषाको ब्याकरण’ लेखन कार्य शुरु



समर हुम्ली

१९ पुस, हुम्ला । हुम्लाको माथिल्लो भेगमा पर्ने नाम्खा गापाको वडा एकदेखि पाँचसम्मा पर्ने टुक्चुलुङ र हिल्जोदुन समुदायको भाषाको संरक्षण, सम्बद्र्धन र अभिलेखीकरणका लागि ‘होम्लु भोटलामा भाषाको ब्याकरण’ तयार गरिने भएको छ ।

जनजाति सूचिकरण नभएको जिल्ला हो हुम्ला । यहाँ धेरै प्रकारका आदिवासी जनजाति बसोबास गर्छन् । ‘होम्लु भोटलामा भाषाको ब्याकरण’ तयारमा संलग्न खोजकर्ता कन्जोक लामाले नेपाली मानकीय ब्याकरण र भाषा आयोगको सैद्धान्तिक ढाँचामा व्याकरण तयार पारीने जनाएका छन् ।

हुम्लाको नाम्खा गाउँपालिका सांस्कृतिक, सामाजिक, धार्मिक, आर्थिक र पर्यावरणीय कुरामा एक हिडन म्युजियम पनि भएकाले यहाँ बोलिने भाषा पनि स्थानीय कथ्य भाषाको एक मौलिक र पुरानो स्वरुप भएको विभिन्न उदाहरणहरूबाट हामीले थाहा पाउने गरेका छौं ।

यो कार्यक्रमले हुम्लाका आदिवासी जनजातिहरूका लागि सकरात्मक सन्देश दिने भएकाले यो ब्याकरण तयार गरेर भाषा आयोगमा पठाएर अझै परिमार्जन र परिस्कृत गरिने भएको छ । यो काम पुरा भएपछि स्थानीय मातृभाषाको पाठ्यक्रम तयार गर्न गराउनका लागि बाटो खुल्ने आशा गरिएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु बहादुर लामाले जानकारी दिए ।

‘होम्लु भोटलामा भाषाको ब्याकरण’का लागि तयार गरिएको दस्तावेजलाई आवश्यक सुझाबका लागि प्रस्तुत गरिएको छ । स्थानीय जानकारहरूले यसलाई अप सुधार गरेमा स्थानीय पाठ्यक्रम बनाउनका लागि सजीलो हुने अपेक्षा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु